ह्वावेले तयार पार्‍यो गूगल म्यापको विकल्प, अब कम्पनीका स्मार्टफोनमा हुनेछ ‘टमटम गो’

ह्वावेका पछिल्ला डिभाइसहरुमा गूगल प्ले स्टोरको एक्सेस छैन । यसको विकल्पको रूपमा कम्पनीले आफ्नै स्टोर ह्वावे एप ग्यालरी ल्याएको छ ।

त्यसो त गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा जस्तो धेरै र महत्वपूर्ण एप यो स्टोरमा उपलब्ध छैनन् ।अमेरिकी कम्पनीहरूले सहकार्य तोडेपछि ह्वावेका स्मार्टफोन प्रयोगकर्तामा निश्चय नै निराशमा छन् ।

प्रयोगकर्ताले धेरै नै मिस गरेको एक एप थियो, गूगल म्याप । म्यापको कुनै सेवा नहुँदा ह्वावेका स्मार्टफोन खल्लो लाग्न थालेका थिए ।

बिहीबार कम्पनीले म्यापको उचित विकल्प ल्याएर आएको छ, टमटम गो । टमटम गोले आफ्नो नेभिगेसन एप ह्वावे एप ग्यालरीमा स्टोर गरेको छ ।

नेदरल्याण्डको लोकेशन टेक्नोलोजी कम्पनी टमटमले म्यापिङ टूल र सर्भिसमा काम गरिरहेको छ ।

थ्रीडी म्याप सर्भिस सहित ह्रावेमा टमटम गो एप लञ्च भएसँगै गूगल म्यापको राम्रो विकल्प हुने विश्वास कम्पनीले लिएको छ ।

यो एप्लिकेसनमा सुरूमा अफलाइन प्रयोगका लागि केही म्याप डाउनलोड गर्नुपर्ने हुन्छ । यसले घर र कार्यालयको ठेगाना राख्ने सुविधा दिन्छ ।

साथमा गूगल म्यापले नदिएका केही मौलिक फीचरहरू पनि यसमा समावेश छन् ।

टमटमले यसको गो नेभिगेशन एप ह्वावेको एप ग्यालरी सहित प्ले स्टोर र एप्पल एप स्टोर जस्ता ठूला एप प्लेटफर्ममा पनि राखेको छ ।

यो फीचर लिन ३० दिनको निस्शुल्क ट्रायल प्राप्त गर्न सकिन्छ । त्यसपछि भने सेवा प्रयोग गर्न पैसा लाग्छ ।

१९ भदौ २०७७, शुक्रवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु