प्रधानमन्त्री ओली र शेख हसिनाबीच वार्ता सकियो
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग भिडियो कन्फ्रेन्स सकिएको छ । दुवै नेताहरुबीच कोभिड १९ रोकथामको अनुभवको आदानप्रदानसहित द्विपक्षीय विषयहरुमा छलफल भएको जनाइएको छ ।
कोभिड १९, समुद्री आँधीको पुर्याएको क्षतिलाई कम गर्दै बंगलादेशले विकास निर्माण र अर्थतन्त्रमा गरेको प्रगतिलगायतका विषयमा पनि छलफ,ल भएको ‘दुवै मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
त्यसैगरी उर्जा व्यापार, कृषिमा सहकार्य, पारवहन, जनस्तरको सम्बन्ध विस्तार, बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको विषयमा पनि दुई नेताहरुबीच छलफलको भएको जनाइएको छ ।
करिब दुई शताब्दीपछि आएको अम्पन नामको सुपर चक्रवातले बंगलादेशमा भौतिक क्षति पुर्याएपनि विपद् व्यवस्थापनको तयारीको कारण न्यून मानवीय क्षति भएको भन्दै सरकारको प्रशंसा भएको थियो।
त्यस्तै पछिल्लो दशकमा बंगलादेशले आर्थिक रुपले पनि ठूलो फड्को मारेको छ।
‘पछिल्लो १२ वर्षमा आर्थिक क्षेत्रमा ठूलो प्रगति गरेको छ बंगलादेशले। भौगोलिक रुपमा नेपाल जत्रै देश भएपनि खाद्यान्न बचत छ। दुवै देश कृषिमा सहकार्य गर्ने विषयमा सकारात्मक छन् ।
१३ भदौ २०७७, शनिवार १७:०८ बजे प्रकाशित





