कोरोनाबाट थप १२ को मृत्यु, कुल संख्या २०० नाघ्यो (जिल्लागत विवरणसहित)

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०० नाघेको छ ।

कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

बितेको २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।

निधन हुनेहरुमा पाल्पाकी ३० वर्षीया, काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया महिला रहेका छन् ।

त्यस्तै संक्रमणबाट मृत्यू हुनेमा पर्साका ४८ वर्षीय र ४९ वर्षीय, सिरहाका ८४ वर्षीय, गोर्खाका ३८ बर्षीय, कास्कीका ५८ वर्षीय, काठमाडौंका ८३ वर्षीय, ललितपुरका ७२ र ६१ वर्षीय र भक्तपुरका ८२ वर्षीय पुरुष रहेका छन् ।

१३ भदौ २०७७, शनिवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु