जसपाको गोप्य बैठक सकियो , के के भयो त कुराकानी ?

जनता समाजवादी पार्टीका केही नेताहरुबीच गोप्य बैठक सम्पन्न भएको छ ।

वरिष्ठ नेता डा. बाबुराम भट्टराईका भाइ शिव भट्टराईको कोटेश्वरस्थित निवासमा जसपाका वरिष्ठ नेताहरु डा. भट्टराई, अशोक राइ र राजेन्द्र महतोबीच छलफल भएको हो ।

स्रोतका अनुसार शुक्रबार नेताहरुबीच छलफल भएपनि कुनै कुरामा सहमति बन्न सकेन ।

नेताहरु आआफ्नै अडानमा रहे । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न भएको छैन ।

बाबुराम भट्टराईको भाइको घरमा जसपाको गोप्य बैठक

नेताहरुले त्यसका लागि पटक पटक छलफल गरे पनि कुनै सहमति गर्न सकेको छैनन् । ५१ सदस्यीय कार्यकारिणी समिति बनेको छ । केन्द्रीय समिति, सचिवालय, राजनीतिक समिति, संघीय परिषद्, केन्द्रीय सल्लाहकार समितिलगायत विभिन्न आयोगहरु गठन गर्नुपर्ने हुन्छ ।

त्यसमा छलफल हुन बाँकी नै छन् तर शीर्ष नेताहरुलाइ कसरी व्यवस्थापन गर्ने विषयमा नै कुरा मिलेको छैन । यस्तै ससदीय दलको नेता को हुने, कतिजना महासचिव बनाउने, डा।बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष दिने कि नदिने विषयमा पार्टीभित्र विवाद छ । महतोले जसपाको संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने आडना छन् । तर त्यसमा तत्कालीन समाजवादी पार्टीका नेताहरुले सहमति जनाएका छैनन् ।

संसदीय दलको नेता उपेन्द्र यादव नै बन्न चाहेका छन् । जसपा नेपालमा संघीय परिषद्को पनि व्यवस्था छ । त्यसको एकजना अध्यक्ष रहने व्यवस्था विधानले गरेको छ तर हालसम्म त्यो अध्यक्ष पद खाली रहेको छ ।

शुरुमा त्यसका अध्यक्षमा डा।बाबुराम भट्टराईलाई राखिएको थियो । तर वरियताक्रममा कुरा नमिलेपछि उनी सो पद छाडेर वरिष्ठ नेतामा बस्न राजि भएका थिए । अझै त्यसको अध्यक्षमा बाबुरामलाई नै ल्याउने प्रयास भइरहेको छ तर वरियताक्रम कस्तो राख्ने विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार आजको छलफल पनि यिनै विषय वरिपरी केन्द्रित थियो । छलफल सकारात्मक भए पनि सहमतिको विन्दुमा पुग्न नसकिएको स्रोतको भनाइ छ ।

 

१२ भदौ २०७७, शुक्रवार २२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु