पाठ्यक्रम विकास केन्द्रले दुई हप्तासम्म समकक्षता निर्धारण नगर्ने

पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेका कारण अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए

केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २९ साउनमा मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित भएर बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने निर्देशन दिएको थियो ।

२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो ।

३२ साउन २०७७, आइतवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु