सिंहदरबारमा रहेका ८० गाडीको अभिलेख खै !

काठमाडौँ, मङ्सिर १८ । प्रधानमन्त्री कार्यालयको तथ्थ्यांकअनुसार सिंहदरबार परिसरमा त्यतिके थन्काएर राखिएका ८० सवारी साधनको कुनै पनि अभिलेख फेला परेको छैन् । बाँकी सयवटा गाडीको कागजपत्र फेला परेकाले लिलामीको प्रक्रिया अघि बढाइएको  छ । मर्मत हुने अवस्थामा रहेका केही महँगा गाडीसमेत लिलाम गर्न लागिएको छ ।

प्रधानमन्त्री कार्यालयले त्यस क्षेत्रमा रहेका सवारीलाई दुई महिनाभित्र व्यवस्थापन गर्ने तयारी गरेको छ । यसअघि पनि पटकपटक चासो देखाएपनि प्रभावकारी कार्य हुन नसक्दा व्यवस्थापन हुन सकेको थिएन ।

सिंहदरबार परिसरमा रहेका राम्रा सवारी पनि मर्मत गर्नुको साटो नयाँ किन्नमा सरकारले जोड दिँदा लिलाम गर्नुपर्ने अवस्थामा आएका हुन् । प्रायः सबै गाडी राख्दाराख्दै थोत्रा भएका छन् । भिभिआइपीले चढेका सबैजसो गाडी अहिले कवाडी बनेका छन् ।

१८ मंसिर २०७२, शुक्रवार ०३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु