इन्धन आपूर्तिका लागी चीनको सहयोग आवश्यक : एमाले
रघुनाथ बजगाँई काठमाण्डैँ । नेकपा एमालेले आवश्यक परे उत्तरी नाकाबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । आपुर्ती ब्यवस्थालाई सहज बनाउने बिषयमा छलफल गर्न सोमवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटि बैठकले चीनमा मन्त्रिस्तरीय टोली पठाउन र इन्धन आपूर्तिको विकल्प खोज्न सरकारलाई सुझाव दिएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेले सबै विकल्प खुला राख्नुपर्ने निष्कर्ष निकाल्दै आवश्यक परेमा उत्तरी नाकाबाट समेत पेट्रोलियम पदार्थ ल्याएर नागरिकको दैनिकि सहज बनाउनुपर्ने निष्कर्ष निकालेको सचिव भिम आचार्यले जानकारी दिए । बैठकमा उप–प्रधान एवम परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका क्रममा भारतले दिएको प्रतिक्रियाका सम्वन्धमा समेत छलफल भएको छ । बैठकमा नेताहरुले भारतको प्रतिक्रियाले तत्काल नाका सुचारु हुने अवस्था नदेखिएको भन्दै सबै विकल्प खुला राख्नुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अघोषित नाकाबन्दी गरेको भारत आफ्नो पूर्ववत अडानमा कायमै रहेको निष्कर्ष सुनाएका थिए ।
२ कात्तिक २०७२, सोमवार १५:४४ बजे प्रकाशित