बडादशैंको आज सातौ दिन, घरघरमा फूलपाती भित्र्याईदै
इपब्लिक संबाददाता, काठमाण्डौँ । नेपालीहरु हिन्दुहरुले आज फूलपाती भित्र्याईदै छन । महान चाड बडादशैंको आज सातौ नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याउने चलन छ । दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरमा फूलपातीको शुभ–साइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याउने गरिन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याइन्छ । नेपाली सेनाले फुलपातीको अवसरमा आज दिउँसो ३ बज टुँडीखेलमा पूmलपाती हर्षबढाई तथा निशान प्रदान कवाज समारोह गदैछ । नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार यसबर्ष पर्सि बिहान १०ः५५ बजे टीकाको लागि उत्तम साईत रहेको छ ।
३ कात्तिक २०७२, मंगलवार ०३:५३ बजे प्रकाशित