नवदुर्गालालाई पशुताको बलि
नुवाकोटका यादव पसाद पाण्डे दशैँमा पशुको सट्टा पशुको विकारलाई वलि दिन आग्रह गर्छन । आफु जस्तै अर्को प्राणीको हत्या गरेर दशैँ जस्तो महान चाडलाई प्राणी हत्याको पर्व बनाउन नहुनेमा उनको जोड छ । उसो त अधिकारबर्मी तथा साकाहारी अभियन्ताहरुले दशै विशेष चेतनामुलक कार्यक्रम गरी वलि रोक्न आगह गरिरहेका छन । ¥याली, गोष्टी जस्ता चेतनामुलक कार्यक्रमको प्रभावमा विगतका बर्षहरुमा भन्दा २५ प्रतिशतले नवदुर्गाका नाममा दिइने पशु वलिमा कमी आउने अनुमान पनि गरेका छन साकाहारी अभियन्ताहरुले । यसबर्ष भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले पशु ढुवानीमा आएको कमीले पनि बलिमा कमी आउने देखिन्छ ।
परम्परागत रुपमा देविका नाममा रागाँ बोकाको वलि दिने गरिएकोमा नरिवल चढाउनेको संख्या पनि बढदै गएको छ । आफुले गएको २० बर्ष देखी कालरात्रीमा बोकाको सट्टामा वरिवल चढाउन थालेको र देवता बेखुसी नभएकोे भन्दै धादिङ केवलपुरका नानीबाबु तिवारी सबैलाई पशुलाई वलि नदिन आगह गर्छन ।
नेपाल शाकाहारी संघका सचिव प्रकाश आस्था भन्छन “दशैँमा वलि दिनुपर्छ भन्ने कुनैपनि धर्मग्रन्थमा उल्लेख छैन । छ त केवल पाशुत्वको बलि दिने हो ।” तर गलत परम्परा र गलत मानसिकताको उपजका रुपमा पशु वलि कायम छ । ” साकाहारी अभियन्ता दिपक सुवेदीको तर्क पनि यस्तै छ । कतिपय धार्मिक ग्रन्थहरुमा पशु वलि नभएर उनिहरुमा भएका नकारात्मक कृत्यहरु वा वानीब्यहोराहरुको वलि दिनु वा पशुलाई खुवाउनु भनिएको छ । कतिपय ठाउँमा पशुलाई खुवाउनु भनिएकोले पनि समग्रमा बलिको अर्थ दान गर्नु रहेकोमा पशु हत्या नै भैरहेकोमा उनको असन्तुष्टी छ ।
बिभिन्न चेतनामुलक कार्यक्रम र भारतको अघोषित नाकाबन्दीका कारण यसबर्षको दशैँमा पशु वलिमा कमी आएको पनि छ । अझै पभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्न नसकिएकाले अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको साकाहारी अभियन्ता विश्णु न्यौपानेको भनाई छ । सिमानाकाहरुमा भएको अवरोध र इन्धन अभावका कारण ढुवानीमा भएको समस्याले यसबर्ष राजधानीमा खसीबोकाको खपत निक्कै कम भएको ब्यवसायीहरुको कथन छ । नेपाल खाद्य संस्थानका अनुसार विगतका बर्षहरुमा भन्दा यसबर्ष दशैँमा खसीबोकाको ढुवानीमा झण्डै आधाले कमी आएको छ ।
परिबेश फरक भएपनि पशु बलिमा कमि आउनु सभ्य समाजका लागी खुसीकै कुरा हो । आफनो तरिकाले पर्व मनाउन पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राणी हत्या गरेर रमाउनु हुन्न भन्ने ज्ञान दिलाउनु आवश्यक छ । आफ्नो क्ष्ािणक रमाईलो र स्वार्थकै लागी महान भनिएका पर्वलालाई प्राणी हत्याको पर्व बनाउनु हुन्न भन्नेतर्फ सबै सचेत हुन सके कल्पना गरिएको सभ्य समाज निमार्ण हुन सक्छ ।
३ कात्तिक २०७२, मंगलवार ०७:४२ बजे प्रकाशित