विप्लव नेतृत्वको माओवादीद्धारा घर जग्गा कब्जा

सल्यान, मंसिर २९ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सल्यानमा एक व्यक्तिको घर जग्गा कब्जा गरेको छ । विप्लव माओवादीले भल्चौर–६ मसिनाका रुन्चे बुढाथोकीको घरसहित ११ रोपनी जग्गा कब्जा गरेको हो । बुढाथोकी बेपत्ता भएको लामो समयपछि स्थानीय धनबहादुर थापाले जालसाजी गरेर आफ्नो नाममा घरजग्गा पास गरेको थाहा पाएपछि आफूहरूले कब्जा गरेको विप्लव माओवादीका जिल्ला सचिव डिल्लीराज शर्माले बताउनुभयो । पार्टीको केन्द्रीय नीतिअनुसार जग्गा कब्जा गरी पार्टीको झन्डा गाडेको पार्टीले जनाएको छ ।

२९ मंसिर २०७२, मंगलवार ०४:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु