सुनसरीमा चिम्नी ढल्दा मृत्यु हुनेको संख्या ८ पुग्यो

सुनसरी, मंसिर २९ – सुनसरी इटहरीमा इट्टाभट्टाको चिम्नी ढल्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । १९ जना घाइते भएका छन् । सोमबार बेलुकी इटहरीको एकम्बामा चिम्नी ढल्दा दुई नेपालीसहित ६ भारतीय नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–१६ मा रहेको जयनेपाल इट्टाभट्टाको चिम्नी ढल्दा इटहरी उपमहानगरपालिका–१६ का भगलीदेवी चौधरी र उपमहानगरपालिका–२० का शिव नारायण चौधरीको ज्यान गएको हो । यस्तै भारतका राउल मिया, सलुल मिया, गरिवलाल पासवान, मिथिलेस पासवास, सद्याम हुसेन र मुस्तादा मियाको ज्यान गएको प्रहरीले जनाएको छ ।  घाइते १९ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा उपचार भइरहेको छ ।

२९ मंसिर २०७२, मंगलवार ०५:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु