चितवनमा सिसिटिभी जडान कार्यलाई निरन्तरता दिइने

चितवन, मंसिर २९ – चितवनमा शान्ति सुरक्षा कायम गराउन सिसिटिभी जडान कार्यलाई बिस्तार गरिने भएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रवेश गर्ने र बाहिरिने नाकामा समेत सिसिटिभी जडान तथा मर्मत गर्न समन्वय समिति नै गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा द थर्ड भिजन चितवनका पदाधिकारी, चितवनमा रहेका बाणिज्य बैंक, विकास बैंक तथा वित्तिय संस्थाका प्रमुखबीच भएको छलफलबाटसमन्वय समिति गठन गरिएको छ । सिसिटिभी जडान तथा मर्मतका लागि बाणिज्य बैंकले ५० हजार तथा विकास बैंक र वित्तिय संस्थाले ३० हजार रकम उपलब्ध गराउन सहमत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले बताउनुभयो । यो रकम १५ दिन भित्र संकलन हुने जनाइएको छ । बैंक तथा  वित्तिय संस्था आफ्नो कार्यालय पेरिमिटर कभर गर्ने गरी  एक महिना भित्र सिसिटिभी जडान गर्ने गरि रकम दिन सहमत भएका हुन् । पाँच वर्षअघि चितवनमा सिसिटिभी जडान गर्न सुरु गरिएको थियो । बिचमा रोकिएको काम फेरि सुरु हुन लागेको हो । यसअघि जिल्लाको व्यस्त शहरका विभिन्न क्षेत्रमा जडान गरिएका दुई दर्जन भन्दा बढी सिसी क्यामेरा मध्ये ८ वटा क्यामेरा बन्द भएका भएका थिए । अहिले त्यसलाई मर्मत गरिएको छ । पहिलो चरणमा जिल्लाका २६ स्थानमा क्यामरा जडान गरिएको र त्यसको प्रमुख स्टेशन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पहिलो चरण अन्तगएत रत्ननगर नगरपालिकाको बजार क्षेत्र, भरतपुर उपमहानगरपालिकाको गोन्द्राङ्ग, मालपोत चोक, हाकिम चोक, चौबिसकोठी, नारायणगढ बजार क्षेत्र र आँपटारीमा सिसिटिभी राखिएको छ ।

 

२९ मंसिर २०७२, मंगलवार ०५:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु