पुनर्निर्माण र संविधान संशोधन विधेयक सँगसँगै अघि बढ्नुपर्छ : कांग्रेस
काठमाडौं, मंसिर २९ – नेपाली कांग्रेसले संविधान संशोधन र भूकम्प पछिको पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक संसदमा एकैसाथ पेश गर्नुपर्ने अडान दोहोर्याएको छ ।
मंगलबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले दुबै विधेयकलाई सँगसँगै पेश गर्ने निर्णय गरेको बैठकपछि कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
उनले भने, ‘दुबै विधेयकलाई एकसाथ पेश गरेर छुट्टा छुट्टै छलफल चलाएर र छुट्टा छुट्टै पास गर्नुपर्छ । यो हिजो प्रधानमन्त्री ज्यूले दिएको विकल्प मध्येको एक हो ।’
कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण सम्वन्धि विधेयक संसदमा नल्याएको भन्दै संसद बैठक अबरुद्ध पार्दै आएको छ । व्यवस्थापिका संसद बैठक मंगलबार पनि बस्दैछ । मधेसी मोर्चाले भने संविधान संशोधन र पुनर्निर्माण अलग विषय भएकाले सँगसँगै पेश गर्न नहुने बताउँदै आएको छ ।
२९ मंसिर २०७२, मंगलवार ०५:४९ बजे प्रकाशित