नेपाल क्रिकेट संघ विघटन गरिँदै, तदर्थ समिति गठनको तयारी

काठमाडौं, मंसिर २९ –राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ विघटन गरेर नयाँ तदर्थ समिति गठनको अन्तिम तयारी गरेको छ ।  क्यानको एक समूहले साधारणसभा गरेर सोमबार राति चतुरबहादुर चन्दको नेतृत्वमा कार्यसमिति गठन गरेको छ । अध्यक्ष टंक आङबुहाङसहितको समूहले भने बहिस्कार गरेको छ । आफ्नो निर्देशन विपरीत साधारणसभा भएपछि राखेपले क्यानको नयाँ नेतृत्वलाई मान्यता नदिने बताएको छ । ‘कुनै प्रक्रिया पूरा गरिएको छैन । क्यानका अध्यक्षले नै साधारणसभा रोकीपाउँ भनेर हामी कहाँ निवेदन दिएपछि रोक्न निर्देशन दिएका थियौं’ राखेप सदस्य सचिव केशव विष्टले भने- ‘त्यस्तो साधारणसभाले मान्यता पाउँदैन ।’ उनका अनुसार अहिलको क्रिकेट संघ विघटन गरेर केही दिनमा नै नयाँ तदर्थ समिति गठन हुनेछ । हामी आईसीसी र एसीसीसँग परामर्श गरिरहेका छौं । २/४ दिनमा नै नयाँ समिति गठन हुन्छ’।  स्रोतका अनुसार क्रिकेट संघको अब बन्ने तदर्थ समितिमा प्रमुख दलका चर्चित युवा नेताहरु देखिनेछन् ।

२९ मंसिर २०७२, मंगलवार ०६:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु