मधेस आन्दोलन संवोधन गर्न प्रमुख ३ दल संयुक्त छलफलमा

काठमाडौँ, कात्तिक ३० । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी मधेस आन्दोलन संवोधनका सम्वन्धमा समान धारणा बनाएर अघि बढ्ने भएका छन । सिमाङ्कनमा समान धारणा बनाएर आन्दोलनरत मधेसी मोर्चासंग वार्ता गर्ने प्रमुख तीन दलको तयारी छ ।  आज साँझसम्म समान धारणा तय गर्नेगरी शीर्ष नेताहरु औपचारिक तथा अनौपचारिक छलफलमा छन ।  औपचारिक छलफलको समय तय नभएको भए पनि अनौचारिक छलफल गरेर साँझसम्म औपचारिक रुपमा त्रिपक्षिय छलफल गरी सिमाङ्कमा गर्न सकिने हेरफेरका सम्बन्धमा टुङ्गोमा पुगिने नेताहरुले बताएका छन् ।  यसअघि हिजो भएको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा सीमांकनको बिषयमा सहमति हुन नसकेपछि बिना निश्कर्ष सकिएको थियो । प्रमुख दलका शीर्ष नेताहरुले भने नाकाबन्दी खुलाउन आग्रह गरेका थिए ।
नेपाल–भारत सिमा नाकामा अवरोध हुँदा नेपालीको दैनिकि अत्यन्तै कष्टकर भएपछि आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनबारे छलफल गर्ने भएका छन । आफुहरुको आन्तरिक छलफल भए पनि सरकारी निर्णय नै प्रमुख हुने मधेसी नेताहरुल बताएका छन । सिमाङ्कनमा ठोस प्रस्ताव नआएसम्म नाकाबन्दी र आन्दोलन नखोलिने उनीहरुको भनाई छ ।

३० कात्तिक २०७२, सोमवार ०४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु