नाकाबन्दी गर्ने भारतलाई कारबाही गर्न राष्ट्र संघमा मुद्धा ! भ्रष्टचार विरोधी शारदा अनशनमा

12246918_721391411326842_4776595682891663826_n-001काठमाडौँ, मंसिर १ । करिब दुई महिनादेखि जारी भारतको अघोषित नाकाबन्दीले पुरै नेपाल ठप्प हुने स्थितीमा पुगेका बेला विभिन्न संघ संगठनहरु यसको विरुद्धमा उत्रिएका छन् ।

यस्तैमा सोमबार सुशासन अभियान नेपाल तथा भ्रष्टाचार बिरुद्ध संघर्ष समिती नेपालको समुहले भ्रस्टाचार बिरोधी अभियानकर्ता शारदा भुसाल झाको संयोजकत्वमा भारतले गरेको अघोषित नाकाबन्दीलाई सयुँक्त राष्ट्र संघ मार्फत घ्यानाकर्षण गराउदैँ दवाब दिन सयुँक्त राष्ट्र सँघ भवन नेपालको कार्यालयमा एक ज्ञापन पत्र दर्ता गराएको छ ।

भारतको नाकाबन्दी विरुद्ध कडा रुपमा विरोधमा उत्रिएको सो युवा टिमले नेपालमा खेलबाड गरेको भन्दै अन्तराष्ट्रिय कानुन मिच्ने भारतलाई कारबाही गर्न मागसहितका ७ बुँदा राष्ट्रसंघलाई बुझाएको छ।

ज्ञापनपत्रमा भारतीय नाकाबन्दीका कारण सेबा सुबिधामा भएको अबरोधको स्थलगत अनुगमन गरेर नागरिकको बाँच्न पाउने मानब अधिकारलाई संरक्षण र संम्बर्धन गर्नुका साथै मानब अधिकार उल्लघन कर्तालाई कारवाहीको दायरामा ल्याउन समेत सयुँक्त राष्ट «संघलाई आग्रह गरिएको छ।

बुदा नं. ३ मा भारतबाट नेपाल आई ढुंगा मुढा गर्ने र नेपाल सिमा भित्र मारिएका भारतिय मुलका नागरिकलाइ आतंककारी घोषणा गर्न माग गरिएको छ। भने भारतले लगाएको नाकाबन्दीका कारण नेपालमा पुग्न गएको असरलाई डब्लु टी ओ को सन्धी अनुरूप प्रत्येक दिनको क्षतिपुर्ति उपलब्ध गराउन बुदाँ नं. ४ मा राष्ट्रसंघको ध्यानाकर्षण गराइएको छ।

मानिसको उपभोग्य वस्तु इन्धन, ग्याँस, औषधि, खाद्मान्न तथा अत्यावश्यक सामग्रीमा सहज रूपले उपलब्ध हुने व्यवस्था तत्काल लागु गर्न आग्रह गर्दै नेपालले भुपरिबेष्टीत मुलुकको रुपमा पाउने सामुद्रीक मार्गको सुबिधा निर्वाध रुपले पाउने ब्यबस्था गर्न कडा माग गरिएको छ।

जारी मोर्चाको बन्दलाई आन्तरिक रुपमा हल गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि सो समुहले अन्तराष्ट्रिय निकायलाई आग्रह गरेको छ।

यसका साथै भ्रष्टाचार विरोधी अभियानकर्ता शारदा भुसाल (झा)ले भोली मंगलबार युएन अथवा खुलामञ्च एक ठाउँमा भारतको नाकाबन्दी विरुद्ध अनशन बस्ने तयारी गरेकी सो समुहका एक सदस्य रतन चन्दले इपब्लिक खबरलाई जानकारी दिए ।

१ मंसिर २०७२, मंगलवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु