एकहप्ता पछि फेरी गयो भूकम्प ! रसुवा केन्द्रविन्दु, ४ सय ५ परकम्प पुगे
रसुवा, १ मङ्सिर । गएको बिहीबारपछि मंगलबार भूकम्पको एउटा परकम्प गएको छ। मंगलबार साँझ रसुवाको समरथली गाविस आसपास ४.३ रेक्टर स्केलको परकम्प गएको हो ।
भूकम्पको धक्का काठमाण्डौँसम्म ठूलै रुपमा महसुस भएको थियो भने केही मान्छेहरु आत्तिएका प्रतिक्रियाहरु सामाजिक सञ्जालमा देखिएका छन् ।
साँझ ६ः ५५ मिनेटमा सो परकम्प जादाँ सो गाउँका वासिन्दा गोठ, टहरामा बस्दै आएकाले परकम्पबाट अहिलेसम्म खासै क्षति नभएको र कम्पनको अनुभव लामै समयसम्म गरिएको स्थानीयवासी डण्डबहादुर डङ्गोलले बताए ।
सदरमुकाम धुन्चेमा परकम्पपछि मानिस घर बाहिर निस्किएका थिए । यसअगाडी बिहीबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो । आजको गरी अहिलेसम्म ४ रेक्टर माथीका मात्र ४ सय ५ वटा परकम्प गइसकेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।
गत बैशाख १२, १३ र २९ गएका शक्तिशाली भूकम्पले साढे हजारको ज्यान गएको थियो भने करिब २२ हजार बढी घाइते तथा अरबौको धनमाल नष्ट भएको थियो । जसको पुननिर्माण अझै हुन नसक्दा भूकम्पपीडितहरु चिसोमा कठ्यांिग्रन बाध्य भएका छन् ।
१ मंसिर २०७२, मंगलवार १४:३८ बजे प्रकाशित