शीर्ष नेता र मधेसी मोर्चाबीचको वार्ता असफल, अब के होला ?

a}7sdf ;xefuL x'Fb} g]sf pk;efklt /fdrGb| kf}8]n k|d'v /fhgLlts bn g]kfnL sfFu|];, g]skf Pdfn], Pg]skf dfcf]jfbL / dw];L df]rf{aLr cfOtaf/ l;+xb/af/l:yt Joj:yflksf–;+;b ;lrjfno kl/;/df ePsf] a}7sdf ;xefuL  x'g] qmddf g]sf pk;efklt /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, कात्तिक ३० । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको पहिलो वार्ता असफल भएको छ।

वार्तामा मोर्चाले सिमांकनको मुद्धा जोडतोडका साथ उठाएको थियो । तर शीर्ष नेताले त्यसलाई सुन्नबाहेक थप केही बोलेनन् ।

कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले वार्तामा सीमाङ्कनको विषय उठेपनि त्यसको विकल्पबारे भने छलफल नभएको स्पष्ट पारे ।

मोर्चाका नेता सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो र दोस्रो मधेस आन्दोलनको दौरान भएको आठबुँदे सम्झौता र २२ बुँदे सम्झौता कार्यान्वयनको माग मोर्चाले वार्तामा राखेको जानकारी दिए ।

उनले आफूहरुले नयाँ माग नउठाएको जिकिर गर्दै पुरानो सम्झौता कार्यान्वयन गर्ने जिम्मा प्रमुख दलकै भएको जिकिर गरेका थिए ।

बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज साँझसम्म आफूहरुले केही नयाँ प्रस्ताव ल्याउने आश्वस्त पारेका थिए ।

सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा भएको वार्तामा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्यायमन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा ९नेपाल०का संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सहभागी थिए ।

मोर्चाबाट सङ्घीय समाजवादी फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी रहेका थिए ।

नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पहिलोपटक सहभागी भएको हो ।

दोश्रो चरणको वार्ता आज या भोलीसम्म हुने नेताहरुले बताएका छन् ।

३० कात्तिक २०७२, सोमवार ०१:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु