कांंग्रेसको चेतावनी- रुकुम घटनाबारे छानविन समितिका लागि संसद अवरोध गर्न नपरोस्

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले रुकुम पश्चिमको घटनाबारे संसदीय छानविन समिति गठनको माग राख्दै आएको छ ।

अब पनि गठन नगरिए संसद अवरोध गर्ने उसको चेतावनी छ ।

‘संसदीय समिति गठन गर्न सरकार तयार भएन भने, कांग्रेसले संसद अवरोध गर्न सक्छ । संसदमा अवरोध ल्याउन नपरोस’ कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँणले भने ।

बजेटको र कोरोना भाइरसको महामारीको बीचमा अनेकन उपाय अपनाएर बसिरहेको संसद बैठक अवरोध गर्ने आफूहरुको इच्छा नरहेको तर, संसदीय छानविन समिति गठन नगरिए संसद अवरोध गर्न बाध्य हुने खाँडले चेतावनी दिए ।

जनप्रतिनिधिहरुको संलग्नतामा छानविन समिति गठन गर्दा जनतामा सकारात्मक सन्देश जाने कांग्रेसको भनाई छ । जनप्रतिनधिहरुले निश्पक्ष छानविन गर्ने विश्वास उनीहरुको छ । अन्यथा जारी आन्दोलन अझ चर्किने उनीहरुको विश्लेषण छ ।

सुरु देखि कांग्रेसले योटनाबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । तर, सरकार यसमा तयार नभएको भन्दै कांग्रेसले चेतावनी दिएको हो ।

कांग्रेसका अर्का सांसद मीन विश्वकर्माले पनि संसद अवरोध गरेर भए पनि संसदीय समिति गठन गराइने बताए ।

सांसद विश्वकर्माले भने, ‘संसद अवरोधको विकल्प प्रयोग गर्न नपरोस् ।’

२१ जेठ २०७७, बुधवार ०२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु