कार्यसूचीमा पर्यो संविधान संशोधन विधेयक : के गर्ला जनता समाजवादीले ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज९आइतबार० बिहान ११ बजे बस्दैछ ।

आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी छ । संभावित कार्यसूचीमा विधेयक पेश गर्ने उल्लेख छ ।

गत बुधबार संभावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक फेरी आइतबारको संभावित कार्यसूचीमा परेको हो ।

संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका हुन् ।

संभावित कार्यसूचीअनुसार कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गनेछिन् ।

प्रमुख विपक्षी कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार रातिसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिले पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

के गर्ला समाजवादीले ?

राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनिसकेको छ ।

नयाँ पार्टी बनेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ । तर, कानुनी रुपमा राजपा र समाजवादीको अस्तित्व कायम छ ।

पार्टी एउटै भइसकेको भएपनि राजपाले समाजवादीलाई नसोधी संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याएको छ । तर, राजपाले ल्याएको संविधान संशोधन सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता हुन बाँकी छ ।

राजपाले आफ्नो संविधान संशोधन प्रस्तावमा प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेको छ ।

‘हाम्रो दलमा संविधान संशोधन विधेयक लानेबारे छलफल भएको थिएन, छैन् । राजपाले लग्यो’, समाजवादीका नेता उमाशंकर अरगरिया भन्छन्, ‘आइतबार सरकारले ल्याएको विधेयक हाउसमा पेश हुँदैछ । सरकारी विधेयक पास हुन केही दिन लाग्छ । त्यहि बीचमा हामी निर्णय गर्छौं ।’

सरकारले ल्याएको विधेयकमा विरोध गर्ने पक्षमा आफुहरु नरहेको पनि उनले बताए ।

‘खाली हाम्रा कुरा पनि सुनियोस् भन्ने हो । सरकारले ल्याएको विधेयकमा विरोध होइन, अरगरिया भन्छन्, ‘नक्सा बाहेकका कु कुन विषयमा संविधान संशोधन गर्ने भनेर राजपा र सरकार दुबैसँग कुनै छलफल भएको छैन् ।’

१८ जेठ २०७७, आइतवार ०३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु