संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोही अनुसार समितिले संसदीय दललाई निर्देशन दिएको छ ।
‘कालापानी, लिपुलेक र लिम्पयाधुराको भूभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधान संशोधनको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’ बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक दर्ता प्रतिनिधि सभामा दर्ता गरिसकेको छ ।
१७ जेठ २०७७, शनिवार ११:५१ बजे प्रकाशित













