संसदीय समितिको निर्देशन- तत्काल कोरोना परिक्षण आर्थिक प्याकेज ल्याउनु
काठमाडौं । तत्काल कोरोना परिक्षण आर्थिक प्याकेज ल्याउन सरकारलाई प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देश गरेको छ ।
तत्काल कोरोना भाइरस (कोभिन–१९) संक्रमण परिक्षण आर्थिक प्याकेज ल्याएर परिक्षणको दायरा व्यापक बनाउन नसके स्थिति भयाभह हुन सक्ने समितिको चेतावनी छ
‘अहिलेकै स्थितिमा परिक्षण दर रहने हो भने स्थिति भयाभह हुन सक्छ । त्यसकारण परिक्षण दर व्यापक बनाउन सरकारलाई निर्देशन गरेका हौं’ समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।
शनिवार समिति सचिवालय सिंहदरबारमा बसेको बैठकले पिसीआर परिक्षणको संख्या बढाउन र त्यसका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
यसैगरी, समितिले आरडिटि विधि प्रभावकारी नदेखिएको निष्कर्ष निकालेको छ । सोही अनुसार समितिले आरडिटि विधिलाई न्युनीकरण गदै पिसीआर विधिलाई व्यापक बनाउन सरकारलाई निर्देश गरेको छ ।
समितिले क्यारेन्टिनलाई अझै व्यवस्थित गर्न भनेको छ । खासगरी नेपाल–भारत सीमा क्षेत्रमा रहेको क्वारेन्टिनमा समितिले चासो दिएको छ ।
‘नेपाल–भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वरोन्टिनहरुलाई अझै व्यवस्थित गर्न’ समितिले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।
१७ जेठ २०७७, शनिवार १२:०६ बजे प्रकाशित













