बामदेवका लागि ओलीले फ्याले अर्को कार्ड- उपप्रधानमन्त्री बन्न प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
स्रोतले दिएको जानकारीअनुसार नेकपाले गौतमलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्ताव छ ।
नेता गौतमले दुवै अध्यक्षबीच छलफल गरेर संयुक्त प्रस्ताव ल्याउन आग्रह गरेको स्रोतले जानकारी दियो ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक जारी छ ।
यो पनि पढ्नुहोस्
ओलीले फिर्ता लिए- बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव
२० वैशाख २०७७, शनिवार १४:१२ बजे प्रकाशित