ओलीले फिर्ता लिए- बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट पछि हटेका छन् ।

वरिष्ठ नेता माधव कुमार नेपालसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुकी भएको भेटवार्तामा प्रधानमन्त्री ओली गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट पछि हटेका नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रधानमन्त्रीले सचिवालय बैठकमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बैठक टार्ने उद्देश्यले गरेको नेपालसँग बताएका नेपाल निकट एक नेताले जानकारी दिए । शनिबारको बैठकमा ओलीले उक्त प्रस्ताव औपचारिक रुपमा नल्याउने पनि ती नेताको तर्क छ । ओलीले यो विषयमा नेपालसँगको भेटवार्तामा प्रष्ट भनिसकेका छन् ।

भेटवार्तामा ओलीले वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष हुन र एकता महाधिवेशनसम्म मिलेर जानका लागि आग्रह गरेका थिए । ओलीले केही संवैधानिक निकायका नियुक्ती, मुख्यमन्त्री र संघीय सरकारका मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव पनि गरेका छन् । तर नेपालले आफू तेस्रो अध्यक्ष नबन्ने भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैपदबाट राजीनामा दिन आग्रह गरेका ती सचिवालय सदस्यले बताए ।

एक सचिवालय सदस्यले नेपालसँगको भेटवार्तामै ओली अघिल्लो बैठकमा आफूले गरेको प्रस्तावबाट ब्याक भएकाले भोलि बस्ने भनिएको सचिवालय बैठकसमेत सर्न सक्ने संकेत गरे ।

सचिवालय बैठक बस्ने भनिए पनि अहिलेसम्म समय तय भएको छैन ।

प्रचण्ड नेपाल पक्षधरले भने गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावलाई औपचारिकता दिनेगरी छलफल थालेका छन् ।

स्रोत- नागरिकखबर । नागरिकखबरको समाचार हेर्न यहाँ किल्क गर्नुहोस् ।

१९ वैशाख २०७७, शुक्रवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु