कुटेरा वडा अध्यक्षलाई बिप्लब समुहले कालोमोसो दलिदियो

रुकुम चौरजहारी वडा न३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीलाई बिप्लब निकट युवा संगठन जिल्ला समिति रुकुमका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

युवा सगठनले प्रेस बिज्ञप्ती जारी गर्दै उक्त कार्यको जिम्मा लिएको हो ।
वडा अध्यक्षले सामान्य बनको बिबादमा सोही गाउका गोबिन्द बिकलाइ वडा कार्यलयमै दलित डुम भन्दै कुटपिट गरेका थिए ।
दलित युवाले न्याय नपाए पछि काठमाडौ आएर रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि वडा अध्यक्षको सबै कर्कुतको भन्डाफोर गरेका थिए ।

उक्त घटना भाइरल भए पनि वडा अध्यक्षको पहुँच र पावरको कारण दलित युवाले न्याय पाउन भने सकेनन् ।

२१ पुस २०७६, सोमवार ०४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु