चीन र नेपालबीचको ६० बर्ष : “सगरमाथा वारी पारी” पूस्तक सार्वजनिक
![image image](https://janadeshkhabar.com/wp-content/uploads/2015/11/12231411_1053348544695388_1936753240_n.jpg)
नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ६० बर्षको इतिबृत्तान्त समेटिएको पूस्तक सगरमाथा वारीपारी सार्वजनिक भएको छ।
शनिबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको किताब चाइना रेडियो इन्टरनेश्नलले तयार गरेको हो । किताब नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् ।
सन् १९५५ को अगस्ट १ का दिन स्थापित भएको सम्बन्धको ६ दशक लामो यो समयावधिमा कलात्मक, साहित्यिक, कुटनीतिक, सामाजिक, सँस्कृतिक, राजनीतिक, आर्थिक लगायत हरेक पक्षमा चीनले नेपालप्रति र नेपालले चीनप्रतिका सद्भाव र सद्विचारलाई पुस्तकमा महत्वका साथ उल्लेख गरिएको छ।
क्षेत्रफलका दृष्टिले रुस र क्यानडापछि विश्वकै तेस्रो ठुलो मुलुक चीन र विश्वको कुल भू भागको ०.०३ प्रतिशत मात्रै क्षेत्र ओगट्ने नेपालबीच भौतिक रुपमा धेरै कुरा नमिले पनि भावनात्मक दृष्टिले भने यो सम्बन्ध अहिलेसम्मको अनुभवमा उच्च रहेको मान्न सकिन्छ ।
यस्ता प्रसंगहरुले हामीलाई नेपाल र चीन दुई देश बीचको सम्बन्धमा गाँस्सिईरहन पाएकोमा प्रत्येक पल निकै गौरवानुभुति गराईरहेको हुन्छ ।
अझै पुराना सम्बन्धहरु केलाउने हो भने भृकुटी को समयका सम्बन्ध, अरनिकोको प्यागोडा शैलीको सम्बन्ध ( सबै(सबै हाम्रा अगाडि छर्लंग छन् कि नेपाल र चीनको सम्बन्धमा कुनै पनि कालखण्डमा कहीं-कतै नराम्रा केही रहेका छैनन् ।
यिनै विषयमा केन्द्रित भएर सिआरआईले ६० जना विशिष्ट व्यक्तिहरुको लेखरचना संग्रहित गरेर यो पुस्तकलाई मूर्त रुप दिएको छ ।
यसभित्र चीन र नेपालका विद्वान लेखक, राजनीतिज्ञ, कुटनीतिज्ञ तथा व्यवसायीहरुको समय सापेक्ष लेखहरु संग्रहित छन् । जसभित्र प्रकाशित नेपालका पूर्वप्रधानमन्त्री र पूर्व कुटनीतिज्ञहरुको लेख रचनाले वर्तमान र भविष्यलाई मार्गनिर्देश समेत गर्दछ ।
नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको यति लामो अन्तरालसम्ममा भए-गरिएका हरेक गतिविधि र समय समयमा चीनका लागि नेपाली राजदूत समेत रहनुभएका विशिष्ट व्यक्तित्त्वहरुका साथै चीनका बारेमा अध्ययन गर्नुहुने र चीनका विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तिहरुको समेत लेखरचनाहरु संग्रहित यो पुस्तकमा दुवै देशका भाषा तथा लिपिको प्रयोग भएको छ ।
जसलाई सम्पादन गर्ने जिम्मेवारी पाउनुभएका नेपाली नागरिक चेतनाथ आचार्य र चिनियाँ नागरिक वर्षाले मिलेर भाषागत रुपमा समेत केलाउनुभएको यो पुस्तकका सबै लेखहरु उत्तिकै महत्त्वपूर्ण तथा आकर्षक रहेका छन् ।
नेपाल चीन कुटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ मनाईरहँदा अहिलेको पुस्ताले बिर्सनै नसक्ने एक पात्र तत्कालीन प्रधानमन्त्री किर्तीनिधि बिष्ट देखि पछिल्लो पुस्तका प्रधानमन्त्री झलनाथ खनाल सम्मका अनुभवहरु अटाएको यो पुस्तकले चीन(नेपाल सम्बन्धका जिज्ञासु र अध्येताका लागि राम्रो अभिलेख बन्न सक्छ भन्ने कुरामा शंका रहने छैन ।
६० वटा फरक शिर्षकमा ६० जना फरक व्यक्तित्त्वहरुको भिन्न-भिन्न अनुभवका शब्दहरुले सिंगारिएको यो पुस्तकमा राखिएका ६० फरक शिर्षकका लेखहरु पढ्दा जो कसैलाई पनि चिनियाँ समाज, धर्म-संस्कृति, सभ्यता, सफलता, विकासक्रम तथा पछिल्ला राजनीतिक उपलब्धिहरुसमेतको ज्ञान रहन पाउँछ र त्यो प्रविधि तथा विकासका पाटाहरुलाई सहर्ष स्वीकार गर्न सकेको खण्डमा नेपालले पनि विकासका विभिन्न आयामहरुसहित नयाँ उपलब्धीमुलक फड्को मार्न सक्ने विषयमा हामी ढुक्क हुन सक्ने देखिन्छ ।
जम्माजम्मी २९८ पृष्ठमा तयार भएको पुस्तक सगरमाथा वारिपारीले फराकिलो दायरा राखेर सबैका विचारहरुलाई एकसाथ समेटेको छ । जुन पुस्तकका लागि समेत सहयोगी संस्था सिआरआई तथा सिआरआई नेपाली सेवाले विश्व सञ्चार जगतमा आफ्नो बेग्लै छाप बनाउन सफल भएकोमा पनि हामीलाई निकै खुशी तुल्याएको छ । सञ्चार मात्र नभएर विकासका हरेक पक्षमा सदैव अग्रपंक्तिमा रहेको चीन र विकासका लागि भर्खर बामे सर्दै गरेको नेपाल बीचको यति प्रगाढ तथा ऐतिहासिक सम्बन्धका बारेमा लेखिएका विशिष्ट व्यक्तिहरुको लेखबाट हामीले सिक्न सक्ने धेरै कुराहरु रहेको समेत जानकारी स्पष्ट भईसकेको अवस्था छ ।
सम्बन्ध कसैको जबर्जस्ती वा करकाँपले बनाउँदैन र यसले स्वतस्स्फूर्त रुपमा स्वरूप निर्धारण गर्छ भन्नेकुरालाई चीनले विभिन्न समयमा नेपालप्रति देखाएको सदभाव, सहयोगको तत्परता र प्रतिबद्धताले पनि चीन(नेपाल सम्बन्धको दिगोपनालाई प्रष्ट्याउँछ ।
यो पुस्तकमा संग्रहित लेख तथा अनुभवहरुका द्रष्टा स्वयम् नै जिवन्त इतिहास हुन् जसका लेखहरु पढ्दा आफैंलाई हुने अनुभव पनि निकै सहयोगी बन्न सक्छ नेपाल र चीनको सम्बन्धबारे बुझ्नका लागि । यहाँभित्र संग्रहित हरेक लेखहरुभित्र प्रवेश गर्दा फरक(फरक आयाम तथा कोणबाट नेपालीले चीनलाई हेर्ने दृष्टिकोण र चीनियाँले नेपाललाई हेर्ने दृष्टिकोण समेत प्रष्ट भएको पाईन्छ ।
यस पुस्तकमा संग्रहित लेखहरुका लेखकहरुमा किर्तिनीधि बिष्ट, झलनाथ खनाल, प्रशासनिक अनुभवबाट खारिएका सफल प्रशासक लिलामणि पौडेल, नेपाल(चीन मामिलाका सफल कुटनीतिज्ञ डा। महेशकुमार मास्के,राजेश्वर आचार्य, मोहन लोहनी, हिरण्यलाल श्रेष्ठ, टंकप्रसाद कार्की, चीन अध्येता मदन रेग्मी, गंगाप्रसाद उप्रेती, ताम्ला उक्याब, कृष्ण पोखरेल, श्रीधर गौतम, प्रकाशबाबु पौडेल, कृष्ण के।सी।, दिपक सरकार, नेपाल(चीन महिला मैत्री समाजकी अध्यक्ष ( पूर्णशोभा चित्रकार, राजनीतिज्ञहरु, जितेन्द्र देव, सी।पी। गजुरेल लगायतका व्यक्तित्वहरुले आफुले देखेका, भोगेका, सुनेका तथा अध्ययन गरेका कुराहरुलाई कलात्मक ढंगबाट प्रस्तुत गर्नुभएको छ ।
२३ कात्तिक २०७२, सोमवार ०९:३३ बजे प्रकाशित