विधिवत रुपमा तिहार शुरु, आज कागतिहार मनाइदैँ

काठमाडौँ, कात्तिक २३ । आजबाट विधिवत रुपमा तिहार शुरु भएको छ। यमपञ्चको पहिलो दिन सोमबार बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ।

शुभ र अशुभ दुवै प्रकारको सन्देश दिने कागका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन पूजा गर्ने परम्परा रहेको छ। यसैदिन भैषजशास्त्रका धन्वन्तरीले अवतार लिएको शास्त्रोक्तक थनअनुसार धन त्रयोदशी भन्दै वैद्यराजहरूले धन्वन्तरीको पूजा आराधना गर्ने परम्परा छ।

यमपञ्चकको पहिलो दिन कागतिहार पर्छ। दोस्रो दिन भैरवको वाहनका रूपमा परिचित कुकुरको पूजा गरिन्छ। त्यस्तै औंशीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दीपावलीका साथ लक्ष्मीको पूजा आराधना गरिन्छ।

तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदामा गोवर्धन पूजा भनी गोवर्धन, बहर र दैत्यराज बलिको पूजा गरिन्छ। नेवार समुदायमा यस दिन म्हस् पूजा भनी सगुन लिई आफ्नै शरीरको पूजा गर्छन्। पाँचौं दिन छोरीबेटीहरूले आफ्ना दाजुभाइलाई पूजा गरी भाइटीका मनाउँछन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपटकको भाइटीकाको कात्तिक २७ गते बिहान साइत ११ बजेर ५५ लाई उत्तम मानिएको छ।

२३ कात्तिक २०७२, सोमवार ०२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु