जय देवकोटाको माटो नामको गीत सार्वजनिक (भिडीयो सहित)
काठमाडौँ । नेपाली गित संगीतको बजारमा विभिन्न खाले विबादास्पद र विकृति फैलाउने गितहरु आइरहेको समयमा चर्चित गायत जय देवकोटा भने माटो नामको गीत लिएर दर्शका श्र्रोतामाझ आएका छन् ।
यहि माटोमा जन्मिएको यहि माटो मा मर्छु ,बाचुन्जेल त मेरो देशलाई सृगार पटार गर्छु भन्दै गाइएको यस गीतलाई लाखौं दर्शक श्र्रोताले रुचाउने देखिन्छ ।
देवकोटाको सुमधुर आवाजमा सजिएको यस गीतलाई विष्णुजंग शाहाले लयबद्घ गरेका हुन ।
थुप्रै स्रोताको पर्खाइको क्रममा रहेको सो गितको म्युजिक भिडियो पनि निकै आकर्षक र उत्कृष्ट बनेको छ ।
निर्देशक सुदिप कुवरले निर्देशन गरेको गीतमा जय,विशाल, विनय र मिना लगायतले अभिनय गरेका छन् ।
लामो समय गितसंगीतमा गरेका गायक देवकोटाले गाउने र सिर्जना गर्ने प्रायः गितहरु मौलिकता ले भरिएका, सबैलाई मन्त्रमुग्ध पार्ने अनि कारुणिक र लोकप्रिय रहेका छन ।
सोही अनुरुप यस अघिका सबै गीतहरुले सबैको मन जित्न सफल भएको छ भने यो गीत पनि अति नै मिठो अनि मौलिक गित बनेको छ ।
https://www.youtube.com/watch?v=oEmLvEO76KE
https://www.youtube.com/watch?v=oEmLvEO76KE
२९ माघ २०७४, सोमवार १३:४३ बजे प्रकाशित












