थाहा काठमाडौँ पत्रकार समाज गठन

काठमाडौँ, माघ २७ । थाहा काठमाडौँ पत्रकार समाजको गठन गरिएको छ ।

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका घर भई काठमाडौँमा क्रियाशिल पत्रकारहरुको भेलाले वैकुण्ठ ढकालको अध्यक्षतामा समाजको गठन गरेको हो ।

शनिवार केन्द्रिय राजधानीमा बसेको  भेलाले समाजको उपाध्यक्षमा बबिता ढकाल, सचिवमा रघुनाथ बजगाँई, सहसचिवमा ममता थापा र कोषाध्यक्षमा दिनेश कार्कीलाई निर्विरोध चयन गरेको छ ।

 

समाजका सदस्यहरुमा संघर्ष बिष्ट, रामजी बलामी, आयुष्मा बस्नेत र सुस्मिता बजगाँई चयन हुनुभएको छ ।

भेलामा सहभागीहरुले थाहा नगरपालिकाको संभावना र चुनौतीलाई उजागर गर्दै आर्थिक समृद्धिका लागि योगदान गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

 

 

२७ माघ २०७४, शनिवार १०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु