अाेली घण्टौं बाेल्दा किन थाेरै बाेल्छन् प्रचण्ड ?

काठमाडौं, पुस ३ । एमाले र माअाेवादी केन्द्रले गर्ने संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष अाेलीले घण्टौं बाेल्दा प्रचण्डले भने ५/७ मिनेट मात्र बाेल्ने गरेका छन्। कतिपयले यसलाई प्रचण्डमाथि अाेली हावी भएकाे ठान्छन्। तर, प्रचण्ड कम बाेल्नुकाे कारण अर्कै भएकाे स्राेत बताउँछ।

माअाेवादी केन्द्रका एक नेताका अनुसार प्रचण्ड अाफूलाई राजनेताकाे रुपमा स्थापित गराउन चाहन्छन्। खुल्ला मञ्चहरुमा अाेली कांग्रेस र विराेधीहरुमाथि खनिदा प्रचण्ड भने संयमित देखिन्छन्। अाेली तिखाे बाेल्छन्, उनले बाेलीबाटै विराेधीलाई भित्तामा पुर्‍याउछ्न्। तर, प्रचण्ड त्यसाे गर्दैनन्, प्रचण्ड सबैलाई मिलाएर अाफू नेताहरुकाे पनि नेता हुन चाहन्छन्। अन्तर्राष्ट्रिय समुदायमा नेपालकाे शीर्ष नेता अाफू नै भएकाे प्रमाणित गर्न चाहन्छन्, एमाले भित्रकै नेता-कार्यकर्ताकाे विश्वास जितेर अघि बढ्न चाहन्छन्, त्यसैले अाेलीले तिखाे रुपमा विराेधीलाई घाेच्दा प्रचण्ड केवल मुस्कुराउँछन्, कुरा चित्त बुझे टाउकाे हल्लाउँछन्। तर, धेरै बाेल्दैनन्।

उनी भन्नैपर्ने कुरा मात्र बाेल्छन्। चुनावकाे बेला पनि उनी कसैलाई गाली गरेनन्। उनले प्रतिस्पर्धी कांग्रेसलाई बिपि र गिरिजाकाे अादर्शतिर फर्कन अपील मात्र गरे। तर, छुचाे बाेलेनन्। प्रत्येक चुनावी सभामा उनले संयमित भएर बाेले। -नेपाल एचडी डटकमबाट

३ पुस २०७४, सोमवार १५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु