संविधान संसोधन पारित हुन नदिने एमाले अध्यक्ष ओलीको अडान

काठमाडौँ, १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधीलाई आफूले सम्झाउन चाहेको बताएका छन् । एमालेले फागुन २१ देखि आयोजना गर्न लागेको मेची–काली अभियानबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने निधि कांग्रेसको मात्रै नभएर देशकै गृहमन्त्री भएको बताए ।

गृहमन्त्री निधिले केही दिन अगाडि एमालेलाई खेद्ने अभिव्यक्ति दिएको भन्दै यसबारे पार्टीले ध्यानाकर्षण गराइसकेको ओलीले बताए । यसैबिच एमाले अध्यक्ष ओलीले संसदमा संविधान संशोधन दर्ता गर्न र सैद्धान्तिक छलफल गर्न केही लचक बने पनि त्यसलाई पारित हुन भने नदिने अडान दोहोर्याए । संविधानमा अहिलेको स्वरुपमा २ नम्बर प्रदेश बनाउँदा गल्ती भएको ओलीले बताए ।

१८ फागुन २०७३, बुधवार १२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु