हिमालय टेलिभिजन प्रतिष्ठान शाखाको नयाँ नेतृत्व चयन
काठमाडौँ, १८ फागुन । नेपाल पत्रकार महासंघ, हिमालय टेलिभिजन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ । टेलिभिजन शाखाको आज (बुधबार) सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी वाइपी घिमिरेको अध्यक्ष्यतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितीको उपाध्यक्षयमा दिवाकर पोखरेल र प्रविणा कार्की, सचिव हर्ज लिम्वु, सह सचिवमा पुष्पलाल बास्तोला र केशव भुल त्यस्तै, कोषाध्यक्षमा रामहरी गौतम रहनुभएको छ । यस्तै सदस्यहरुमा संवेग बस्नेत, पुण्यश्वरी प्रजापती, निशान श्रेष्ठ र प्रविण कुमार कर्ण रहनुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सवै सञ्चारमाध्यममले न्युनतम पारिश्रमीक लागु गर्नु पर्ने बताउनुभएको थियो । उहाँले राज्यले उपलब्ध गराएको सेवा सुविधा सबै उपलब्ध गराउने गरी न्युनतम पारिश्रमीक लागु गर्नु पर्ने बताउनुभएको हो ।
१८ फागुन २०७३, बुधवार १३:४४ बजे प्रकाशित