स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौँ, १८ फागुन । स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकलेसबै सुरक्षा निकायका गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्न र निर्वाचन सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

१८ फागुन २०७३, बुधवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु