सुदूरपश्चिममा युवा स्वरोजगार लगानी जोखिममा

कैलाली, १८ फागुन । नेपाल सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत गरेको लगानी जोखिममा परेको छ । युवालाई स्वरोजगार बनाउन बिना धितो गरिएको करोडौं लगानी उठाउन समस्या भएको हो । कार्यक्रम अन्तरगत सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको करोडौं रुपैयाँ लगानी जोखिममा परेको सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुले बताएका छन् । कृषि विकास बैंक मार्फत मात्रै सुदूरपश्चिमका बाजुरा बाहेक ६ वटा पहाडी जिल्लामा ३ करोड ११ लाख भन्दा बढी रकम लगानी भएको छ । कार्यक्रम लागू भएको शुरुकै वर्ष गरिएको लगानी समेत उठ्न नसकेको बैंकले जनाएको छ । कोष अन्तरगत लगानी भएको ३ करोड ११ लाख ८४ हजार रुपैँयामध्ये भाका नाघेको रकम करिब २ करोड ९१ लाख पुगेको कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायत विभिन्न बैंक तथा वित्तिय संस्थाहरु मार्फत सरकारले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन न्यून ब्याजमा न्यूनतम ५० हजारदेखि २ लाख रुपैयाँसम्म बिना धितो ऋण प्रदान गरेको थियो ।
कैलाली बाट पत्रकार लोकेश धामीको सहयोगमा

१८ फागुन २०७३, बुधवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु