मेची–महाकाली अभियान राष्ट्रिय एकताका लागि सार्थकः ओली

काठमाडौँ, १६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मेची–महाकाली अभियान सङ्क्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि सार्थक हुने बताएका छन् । राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावका लागि भन्दै यही फागुन २१ देखि चैत ५ गते आयोजना गर्ने मेची–महाकाली राष्ट्रिय अभियानमा जाने स्वयम्सेवकलाई सोमबार निर्देशन दिँदै उनले यस्तो बताएका हुन ।

पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उल्लेख गर्दै ओलीले अभूतपूर्व, असाधारण यो अभियान राष्ट्रका लागि गरिएको धारणा राखे । अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्ने जनाइएको छ । अभियानमा करिब १० हजार स्वयम्सेवक परिचालन गर्ने तयारी एमालेको छ । कार्यक्रममा सचिव प्रदीप ज्ञवालीले पार्टीको अभियानमा सामेल भएर राष्ट्रका लागि जिम्मेवार भूमिका निर्वाह गर्न र अभियान व्यवस्थित, प्रभावकारी र सुरक्षित गराउन आग्रह गरे ।

१६ फागुन २०७३, सोमवार १२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु