राजदूत सिफारिस पुनर्विचार गर्न सकिंदैनः देउवा

काठमाडौँ, १५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफारिस पुनर्विचार गर्न नसकिने बताएका छन् । यसबारे अब पार्टी केन्द्रिय समितिमा पनि छलफल नहुने उनले बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन लिखित रुपमै दबाव दिएपछि सभापति देउवाले यस्तो बताएका हुन । सिंहदरबारमा आइतबार पत्रकारहरुसंग कुरा गर्दै सभापति देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने जिकिर गरे । वरिष्ठ नेता पौडेल पक्षले एकलौटी निर्णय गर्दै आएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले राजदूत नियुक्तिको विषय सच्याउनुपर्ने माग भन्दै देउवासँग लिखित रुपमा माग गरेका थिए ।

१५ फागुन २०७३, आइतवार १२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु