स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्तः स्वास्थ्यमन्त्री थापा
काठमाडौँ, १६ फागुन । स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्न यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए ।
उनले सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्ने पनि उल्लेख गरे । मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने भन्दै संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान आग्रह गरे ।
१६ फागुन २०७३, सोमवार १३:०० बजे प्रकाशित













