दलित समुदायको उत्थानका लागि संविधानमै उचित व्यवस्थाः परराष्ट्रमन्त्री महत

काठमाडौँ, १४ फागुन । परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले दलित समुदायको उत्थानका लागि संविधानमै उचित व्यवस्था गरिएको बताएका छन् । मन्त्री महतले दलित समुदायलाई सामाजिक न्याय दिन नयाँ संविधानले उचित प्रतिनिधित्वको व्यवस्था गरेको समेत बताए । शनिबारबाट काठमाडौँमा सुरु भएको एशियन दलित अधिकार मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा दलित समुदायको उचित प्रतिनिधित्व हुने व्यवस्था गरिएको स्पष्ट पारे । तर, दक्षिण एसियाका दलित समुदायको अवस्थामा सुधार आउन नसकेको भन्दै अधिकारकर्मीहरुले भने चिन्ता व्यक्त गरे । साथै उनिहरुले दलितको अवस्थामा सुधार ल्याउन सम्पूर्ण एसियाली दलितको एकता अपरिहार्य भएको बताए ।

१४ फागुन २०७३, शनिवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु