संविधान कार्यान्वयन नै अहिलेको मुख्य चुनौतीः ओली
काठमाडौँ, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन नै अहिलेको मुख्य चुनौती भएको बताएका छन् । तर संविधान कार्यान्वयन कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेकाले खबरदारी गर्न कार्यकर्तालाई ओलीले निर्देशन दिए ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप पनि लगाए । हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने ओलीको दावी छ । अध्यक्ष ओलीले मधेशी मोर्चाप्रति लक्षित गर्दै संविधान जारी हुन नदिने शक्ति निर्वाचन हुन नदिन पनि सक्रिय रहेको आरोप समेत लगाए ।
१४ फागुन २०७३, शनिवार १२:१८ बजे प्रकाशित














