संविधान संशोधन प्रस्ताव पारित हुन्छः देउवा

काठमाडौँ, १४ फागुन । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित भएपछि मुलुकमा निर्वाचनको लहर छाउने बताएका छन् । संविधान कार्यान्वयन र निर्वाचनमा सबैको सहभागिताका लागि नै संविधान संशोधन प्रस्ताव दर्ता भएको र पारित हुने प्रक्रियामा अघि बढेको देउवाले बताए ।

विपी कोइराला अध्ययन प्रतिष्ठानले बुटवलमा निर्माण गरेको विपी स्मृति भवनको उद्घाटन गर्दै काँग्रेस सभापती देउवाले आउँदो माघ ७ गतेसम्म ३ वटै निर्वाचन सम्पन्न हुने दावी गरे । सबै दलहरुको सहभागितामा विना डर त्रास चुनावमा जानुपर्ने उनले बताए । लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र संविधान कार्यान्वयन गर्न संबिधानले तय गरेको समयभित्र निर्वाचन हुनुपर्ने देउवाले बताए ।

१४ फागुन २०७३, शनिवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु