संविधान संशोधन पारित गराउन एमालेले सघाउने सरकारको विश्वास

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य भईरहेको बताएका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै खनालले ढिलोमा एक महिना भित्र संविधान संसोधन प्रस्ताव पारित हुने बताए । साथै उनले गोप्य मतदान भएपनि संसोधनको पक्षमा दुई तिहाई पुग्ने आधार सरकारसँग भएको दावी गरे । खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत खुलासा गरे । यस्त,ै कार्यक्रममा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताए । उनले देश नै चुनावमय भएको भन्दै आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनैपनि अवरोध नगर्ने बताए ।

१४ फागुन २०७३, शनिवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु