सिमरा गोल्डकपबाट १५ लाख बचत

काठमाडौँ, १३ फागुन । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता सिमरा गोल्डकपको आठौं संस्करणबाट १५ लाख रुपैया बचत भएको छ । आयोजक नव जनजागृति युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबाट १५ लाख ४० हजार बचत भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि संकलित ५५ लाख ५७ हजारबाट ४० लाख १६ हजार खर्च भएको क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए । अध्यक्ष मियाले बचत रकम फूटवलको विकासमा खर्च गरिने समेत बताए ।

१३ फागुन २०७३, शुक्रवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु