कर्णालीका पाँचै जिल्लाका प्रत्येक परिवारलाई कम्तिमा एक लाखको सेयर दिने
काठमाडौँ, १३ फागुन । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई जलविद्युत आयोजना १ मा कम्तिमा एक, एक लाखको सेयर दिलाउने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले यसका लागि ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णय गरेका हुन । ऊर्जा मन्त्रालयले एससी पावर कम्पनीसँग सर्वेक्षण अनुमतिपत्र रहेको आयोजनामा कर्णालीका सवै घरपरिवारको ईक्विटी सेयर रहने गरी प्रवद्धकसँग प्रतिवद्धता माग गर्न पत्राचार गरेको छ । डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटका सबै परिवारलाई एक, एक लाख रुपैयाँको सेयर दिने निर्णय भएको हो । तिला आयोजना बनाउन झण्डै ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान छ ।
१३ फागुन २०७३, शुक्रवार १३:४३ बजे प्रकाशित