एमालेले मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको काग्रेसको आरोप
काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् । एमालेले गरेजस्तो मधेसीलाई अविश्वास गर्नु पर्ने कुनै कारण नरहेको उनले बताए । झापाको विर्तामोडमा शुक्रबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई विभेद गर्नु एमालेको ठूलो दुर्भाग्य भएको टिप्पणी गरे । मधेसी जनताको जनभावनालाई समेट्ने गरी संसदमा संविधान संशोधनको प्रस्ताव पेश गरिएको भन्दै उनले कुनै पनि हालतमा यो प्रस्ताव पारित गरेरै छाड्ने ठोकुवा गरे । देउवाले वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने भन्दै मानसिक रुपमा तयार रहन सबै कार्यकर्तालाई निर्देशन दिए ।
१३ फागुन २०७३, शुक्रवार १३:४२ बजे प्रकाशित