महाशिवरात्रीः सुखरात्रि जत्तिकै महत्वपूर्ण

काठमाडौँ, १३ फागुन । आज महाशिवरात्रि पर्व हिन्दुधावलम्बीले आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाउदैछन् । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ ।

१३ फागुन २०७३, शुक्रवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु