नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने

काठमाडौँ, १४ फागुन । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट खेल्ने देशको २३ वर्षमुनीको अथवा ए टिमसहित ८ देशले भाग लिनेछन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एक दिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो । तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । अब यूएईको सट्टा मलेसियाले खेल्नेछ ।

१४ फागुन २०७३, शनिवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु