संविधान संशोधन प्रस्ताव पारित गराउन पहल गर्ने काग्रेसको निर्णय

काठमाडौँ, १५ फागुन । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल गर्ने निर्णय गरेको छ । मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले संशोधन पास गराउन पहल गर्ने बताए । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने दाबी गरे ।

बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै उनले संविधान संशोधन प्रस्ताव जसरी पनि पारित गर्न लागि पर्ने प्रतिक्रिया दिए । बैठकमा मधेसमा प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरुले संविधान संशोधान प्रस्ताव पारित नभए मधेशमा खुट्टा टेक्ने ठाउँ नरहने भन्दै जसरी पनि संविधान संशोधन प्रस्ताव पारित गराउन सभापति देउवालाई दवाव दिएका थिए । उनीहरुले पार्टी केन्द्रिय कार्य समिति र संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्न पनि पार्टी नेतृत्व गम्भिर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

१५ फागुन २०७३, आइतवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु