पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई गोली प्रहारको प्रयास
काठमाडौँ, कात्तिक १३। पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई गोली प्रहारको प्रयास भएको छ । गोली प्रहारको प्रयास गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन । भारत महाराजगंजका ४२ वर्षका उज्वल बर्तौला र राजावारीका ४२ वर्षका योगेन्द्र पटनवारलाई नवलपरासीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । युपी ५३ ए ९८ ५६ नम्वरको भारतीय मोटरसाइकलमा आएका उनीहरुले पूर्व गृहराज्यमन्त्री कँडेललाई ६ राउण्ड लोड भएको गोली प्रहार गर्न खोजेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पूर्व गृहराज्यमन्त्री कँडेलमाथि आज नवलपरासीको बडहरा दुबैलिया ३ ललितपुरमा आक्रमणको प्रयास भएको हो ।
१३ कात्तिक २०७२, शुक्रवार १५:४० बजे प्रकाशित