राखेपका सदस्य सचिव विष्टलाई तत्काल नहटाउन अख्तियारको आदेश
काठमाडौँ, कात्तिक १३। सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई नहटाउन आदेश दिएको छ । सर्वोच्चले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको हो । विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न आज सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । विष्टले दायर गरेको रिटमाथि प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अख्तियारको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । अख्तियारले गएको भदौ २५ गते विष्टलाई सदस्य सचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो ।
३ ।
१३ कात्तिक २०७२, शुक्रवार १५:५० बजे प्रकाशित