उपराष्ट्रपति पदका शनिवार निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी

उपराष्ट्रपति पदका लागि शनिवार विहान ११ बजे मतदान हुँदै छ । उपराष्ट्रपति पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलका तर्फबाट एकिकृत माओवादीका नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी दल कांगेसका अमियकुमार यादवले उम्मेदवारी दर्ता गएका छन ।  पुनको प्रस्तावकमा एमाले बरिष्ठ नेता झलनाथ खनाल छन भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दीलनाथ गिरी लगायत छन ।  कांग्रेसका तर्फबाट यादवको प्रस्तावकमा प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने छन । नेपाल परिवार दलका दयाराम कडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले भने उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन ।  स्वतन्त्र सांसद मुसलमानले कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका छन ।

१३ कात्तिक २०७२, शुक्रवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु